सिटिजन्स बैंक र मेदान्त अस्पतालबीच सहकार्य

0
Shares

काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनल र भारतस्थित मेदान्त मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत   गणेश राज पोखरेल तथा मेदान्त अस्पतालका तर्फबाट सेल्स एन्ड मार्केटिङका उपाध्यक्ष सुकेश थरेजाले हस्ताक्षर गर्नु भएको हो। यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले भारतको गुडगाउँ, लखनउ, राँची, इन्दौरलगायतका मेदान्त अस्पतालका सबै शाखाबाट पाउनेछन्।