सिभिल बैंकको शाखा बांगेमुढामा

0
Shares

काठमाडौं, (नेस)
सिभिल बैंकले काठमाडौको बांगेमुढामा शाखा सञ्चालनमा ल्याएको छ।  सिभिल बैंकका अध्यक्ष  इच्छाराज तामाङ तथा काठमाडौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यले संयुक्तरूपमा शाखाको समुद्घाटन गर्नुभयो।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङखेलस्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षाकोठा मर्मतसंभार तथा सजावटको लागि २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ। सिभिल बैंकको हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकबाट ५३ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब  ५२ अर्ब कर्जा लगानी गरेको र यस बैंकको नेपालभर कुल शाखा संख्या १११ पुगेकोे पनि बैंकले जनाएको छ।