सेञ्चुरी बैंकद्वारा सहयोग

0
Shares

काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकको नारायणगढ शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इच्छाकामना–६, चितवनस्थित देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाका लागि १२२ थान विद्यालय पोशाक हस्तान्तरण गरेको छ।
विद्यालयको २६औं वार्षिकउत्सव तथा अभिभावक दिनको उपलक्ष्यमा बालबालिकाको लागि विद्यालय पोशाक बंैकका हेटौंडा क्लस्टर प्रमुख शंकर केसी तथा बेलचोक, नारायणगढ शाखा प्रमुख गणेश प्रसाद शर्माले विद्यालयका प्रध्यानाध्यापक ज्ञानु देवी पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो।