धनगढीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
महालक्ष्मी लाइफ इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीको लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम धनगढीमा गरेको छ।
प्रदेश कार्यालयअन्तर्गत ७ वटा शाखा र उपशाखामा कार्यरत २० जनाभन्दा बढी  कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम प्रदान गरियो।
गैरकानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, शुद्धीकरण गर्ने क्षेत्रहरू कुन–कुन हुन्, नियन्त्रणका प्रक्रिया के–के हुन्, रिपोर्टिङ कसरी गर्नेलगायतका विषयमा जानकारी दिइएको थियो।