बालिका जबरजस्ती करणीमा बालक पक्राउ

0
Shares

सञ्जय कार्की, रौतहट ।

रौतहटमा एकजना बालिकालाई दुई दिनअघि बलत्कार गरेको आरोपमा एक बालक पक्राउ परेका छन । फतुवा विजयपुर नगरपालिका– ११ घर भई गुजरा नगरपालिका– १ मा बस्दै आएकी ६ बर्षीय बालिकालाई गएको १७ गते बलत्कार गरेको आरोपमा १४ बर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कृत बालिकाकी आमाले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जाहेरी दर्ता गराए संगै उनी पक्राउ परेका हुन । पीडित बालिकालाई आरोपी बालकले गुजरा नगरपालिका–१ मा पर्ने बहुअरी शाखा नहरमा लगी बलात्कार गरेको आरोप रहेको छ ।

पीडित बालिकाको चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले घटनाको थप अनुसन्धान भईरहेको बताउनुभयो ।