ग्लोबल आईएमई बैंकसँग महिलाको व्यवसाय प्रवद्र्धन गर्ने सम्झौता

0
Shares

काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंक, महिला उद्यमी महासंघ नेपाल (एफवीन) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपाल बीच महिलाले सञ्चालन गरेका घरेलु, साना तथा मझौला व्यवसायको विकास तथा विस्तारमा आवश्यक वित्तीय पहँुच पु¥याउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, महिला उद्यमी महासंघका अध्यक्ष रीता सिंह र अन्तर्राष्ट्रिय श्रम संगठन, नेपालका निर्देशक रिचार्ड होवार्डले काठमाडौंमा आयोजित सार्कस्तरीय रोजगारदाता मञ्चको एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ।
समझदारीअनुसार तीनवटै संस्थाले महिलाद्वारा प्रवद्र्धित घरेलु, साना तथा मझौला व्यवसायमा सहज तथा सरलरूपमा वित्तीय पहुँच पु¥याउन संयुक्तरूपमा काम गर्नेछन्।
बैंकले घरेलु, साना तथा मझौला उद्योगलाई आवश्यक कर्जा सरल र सहज रूपमा लगानी गर्नेछ भने अन्तर्राष्ट्रिय श्रम संगठनले महिला उद्यमीको क्षमता अभिवृद्धिमा सहयोग गर्नेछ।
यसबाट संयुक्त राष्ट्र संघको दिगो विकाससम्बन्धी लक्ष्यको लैंगिक समानता तथा महिला सशक्तीकरणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ।