भारतीय राजदूत क्वात्रा काठमाडौंमा

0
Shares

काठमाडौं, (नेस)

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार राजधानी आउनुभएको छ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय दूतावासका डीसीएम अजय कुमारले स्वागत गर्नुभएको थियो।

राजदूत क्वात्राले यही फागुन २२ गते बिहीबार राष्ट्रपति विद्यादेव्री भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनुहुनेछ।
राजदूत क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत हुनुहुन्थ्यो। फ्रान्सबाट फर्किएलगत्तै उहाँलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गर्नुभएको थियो।

सन् १९८८ मा भारतको परराष्ट्र सेवामा उहाँको प्रवेश भएको थियो। यसअघि क्वात्राले व्यापार, अर्थ व्यवस्था र वृत्त ब्युरोको प्रमुखका रूपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा भारतको प्रतिनिधित्व गरिसक्नुभएको छ।