संक्रमण हुन नदिन सर्वोच्चमा रिट

0
Shares

काठमाडौं, (नेस)

कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि आवश्यक व्यवस्था मिलाउन आदेशको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। अधिवक्ता पूर्ण राजवंशीले उक्त रिट निवेदन दायर गर्नुभएको हो।

उक्त रिटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षणका लागि उचित उपकरण राख्न र त्यस्तो भाइरस फैलिएको देशका नागरिक आउन नदिने वातावरण तयार गर्नलगायतका माग राखिएको छ।