ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

0
Shares

सुर्खेत। 

वीरेन्द्रनगर नगरपालिका–८ दैलेखी चोकस्थित बजारबाट एयरपोर्ट जाँदै गरेको भे१त ८१७६ नं.को खाली ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको भे३प ७४२ नं।को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

आज बेलुका ७ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले राससलाई जानकारी दिनुभयो । उक्त दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत खजुराका ३३ वर्षीय यमबहादुर विक र ३२ वर्षीय खगेन्द्र विकको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार मोटरसाइकलमा चालकसहित तीन जना सवार थिए । गम्भीर घाइते वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका २५ वर्षीय तुलबहादुर राम्जालीको अवस्था गम्भीर रहेको र उहाँलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो । ट्र्याक्टर चालक भेरीगङ्गा नगरपालिका–५ सुर्खेतका गोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।