अर्याल सचिवमा बढुवा,बराल उपराष्ट्रपति कार्यालयमा

0
Shares

न्युज अफ नेपाल,काठमाडौँँ।

सरकारले  सहसचिव एकनारायण अर्याललार्ई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन पनि गरेको छ ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले महानगरका कार्यकारी अधिकृत रहेका केदार न्यौपानेलाई भूमिसुधार मन्त्रालयमामा सरुवा गर्ने  निर्णय गरेको छ ।

भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिला र त्यहाँका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई भने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।