न्युज अफ नेपाल,काठमाडौं ।
विश्वभर कोभिड १९ अर्थात् कोरोना भाईरसको संक्रमण र त्रास फैलिरहेका बेला नेपालमा पनि कोरोना संक्रमणको आशंकामा दुई जनालाई अस्पताल भर्ना गरिएको छ । चीन र दक्षिण कोरियाबाट फर्केका उनीहरुलाई कोरोनाको संक्रमण आशंकामा अस्पताल भर्ना भएका गरिएको हो ।
उनीहरुलाई अहिले टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति रहेको अस्पतालले जनाएको छ ।
उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको भर्ना भएका हुन् । नमुना संकलन गरेर ल्याबमा पठाइसकिएको रिपोर्ट भोलि आउने अस्पतालले बताएको छ ।
प्रतिक्रिया