न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ ।राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।
सभामा संबोधन गरेर सिटमा फर्किरहेका प्रचण्डमाथि दर्शकदीर्घाबाट जुत्ता प्रहार भएको हो । उनलाई ताकेरै प्रहार भएको उक्त जुत्ता भने मञ्चसम्म आइपुगेन ।जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको जनाइएको छ ।











प्रतिक्रिया