न्युज अफ नेपाल, काठमाडौं ।
केही दिन अघि बच्चा बोकेकी महिलामाथि लाठी प्रहार गर्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) देवीप्रसाद पौडेलको जिम्मेवारी खोसिएको छ ।
बच्चा बोकेकी महिलालाई पछाडिबाट लाठी बर्साएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको हो । भिडियो भाइरल भएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रहरीको चर्को आलोचना भएको थियो ।
घटनाको छनाबिनपछि पौडेलको जिम्मेवारी प्रहरी निरीक्षक सुजित ओझालाई दिइएको छ ।











प्रतिक्रिया