न्युज अफ नेपाल, जनकपुरधाम ।
आफ्नै ससुरालाई गोली प्रहार गरेको आरोपमा प्रहरीले ज्वाइँलाई पक्राउ परेको छ ।
आइतबार बिहान महोत्तरीको मनरासिसवा नगरपालिका ३ का सहदेवप्रसाद यादव माथि गोली प्रहार भएको हो । यादवलाई गोली प्रहार गरेको आरोमा प्रहरीले औरही नगरपालिका–१ बस्ने सन्तोष यादवलाई पक्राउ गरेको हो ।
सन्तोषले आफ्ना ससुरासँग पटक पटक पैसाके माग राखेर धम्काउदै आएको प्रहरीले जनाएको छ । शंकाको घेरामा रहेका सन्तोषलाई पक्राउ गरी अनुसन्धान अघि बढायएको प्रहरीले जनाएको छ ।
यस्तै, घाइते सहदेवको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।











प्रतिक्रिया