सुन तोलामा १२ सयले घट्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

केही दिन अघि असी हजार नाघेको सुनको मूल्य आइतबार प्रतितोला १२ सय रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ७९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ७८ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । शुक्रबार ७८ हजार ९०० रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज १ हजार २०० रुपैयाँले घटेर ७७ हजार ७०० मा करोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।