भीषण आगलागी

0
Shares

पेरिस, (एजेन्सी)
फ्रान्सको राजधानी पेरिसको एक प्रमुख ट्रेन स्टेसनमा शुक्रबार भीषण आगलागी शुरू भएको प्रहरीले जनाएको छ। सो क्षेत्र नजिकै कन्सर्टको आयोजना हुन लागेको अवस्थामा त्यसरी अप्रत्यासित रूपमा आगलागी शुरू भएको बताइएको छ।
प्रहरीले गारडिलियोे स्टेसनमा आगलागी भएको पुष्टि गरेको छ। टेलिभिजन फुटेजमा स्कुटर र अन्य सवारीसाधनहरू पनि जलिरहेका देखिन्छन्। त्यसअघि प्रजातान्त्रिक गणतन्त्र कंगोका विपक्षी राजनीतिक समूहहरूले बर्सि भेन्युमा हुने संगीतकार फाल्ली इपुपाको कार्यक्रम बिथोलिने स्थानीय सञ्चारमाध्यमले जनाएको छ।