सम्झौता भंग

0
Shares

इस्तानबुल, (एजेन्सी)
टर्की सरकारले आफू शरणार्थीहरूलाई युरोपमा प्रवेश गर्न रोक्ने सम्झौतामा बाँधिएर नबस्ने भनेपछि थुप्रै शरणार्थी र आप्रवासीहरू हाल युरोपेली संघतर्र्फ बढिरहेका छन्। टर्कीको सञ्चार मन्त्रालयका प्रमुखले राज्यले लाखौं सिरियाली शरणर्थीलाई धान्न नसकेको बताएका छन्।
सिरियाको सरकारी फौजले उत्तरी सिरियामा तुर्केल फौजमाथि भीषण आक्रमण गरेपछि टर्कीले यो निर्णय लिएको हो। रसियाले यस घटनाको कारण टर्की र सिरियाको सैनिक गठबन्धनमा ठूलो तनाव आइपर्ने चिन्ता व्यक्त गरेको छ। ग्रिस र बुल्गेरियाले आफूकहँँ शरणार्थी छिर्न नदिन पहल शुरू गरेको छ।