टीसीएलको बिक्री नेपाली बजारमा ५० प्रतिशतले वृद्धि

0
Shares

काठमाडौं, (नेस)
नेपालमा टीसीएलका विद्युतीय उपकरणको माग बढ्दो छ । अघिल्लो तीन वर्षको तुलनामा टीसीएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको छ । नेपालमा टीसीएल ब्रान्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सरलगायतका उपकरण चौधरी गु्रपअन्तर्गत इओएल प्रालिमार्फत नेपाली बजारमा बिक्री हुने गर्छ ।
अहिले नेपालमा टीसीएल ब्रान्ड चौथो स्थानमा रहेको कम्पनीको दाबी छ । अहिले एलइडीमा पनि युएचडी टिभीको माग बढ्दो छ । नेपाली बजारमा टीसीएलका युएचडी  टिभीमा सीसिक्स र एड गरी दुई वटा नयाँ मोडल सार्वजनिक भएको छ । युएचडी टिभीमा आर्ट डिजाइन, स्मार्ट फङ्सन, भ्वाईस कमान्ड, गुगल असिस्टेन्ट, गुणस्तरीय दृश्य, कनेक्टीभिटी तथा क्वालिटियुक्त साउन्ड छन् ।