मृत्युदण्ड निर्णय

0
Shares

म्याककिन्नी, (एजेन्सी)
अमेरिकाको नर्थ टेक्सास निवासी एकजना व्यक्तिलाई सन् २०१८ मा डल्लास क्षेत्रमा एकजना प्रहरी अधिकारी र अर्को एक पुरुषको हत्या गरेको अभियोगमा बिहीबार अदालतले मृत्युदण्ड सुनाएको छ।
कोल्लिन काउन्टिको न्यायालयले २८ वर्षीय ब्रान्डन म्याककललाई आफ्नो मित्र रेने गामोज सेकन्ड र रिचर्डसनका प्रहरी अधिकारी डेबिड सेरौडलाई गोली हानी मारेको अभियोगमा यो सजाय सुनाएको हो।
म्याककलका वकिलले उनले गोली हाने पनि उनको उद्देश्य नै हत्या गर्नु नभएको बताका छन्। न्यायालयमा उनलाई आजन्म कैद वा मृत्युदण्ड दिने भन्नेबार्र दुई घन्टा छलफल भएको थियो।