सानिमा बैंकका ग्राहकलाई फ्युचर वल्र्डमा छुट

0
Shares

काठमाडौं, (नेस)
सानिमा बैंक र आस्ट्रल कम्प्युटर्स नेपाल प्रालि (फ्युचर वल्र्ड) बीच  बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार सानिमा बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मलस्थित फ्युचर वल्र्डमा एप्पलका उत्पादन खरिद गर्दा ६ हजार रुपियाँसम्म नगद तथा ७ हजार रुपियाँसम्मका एसेसरिज प्राप्त गर्न सक्नुहुनेछ ।
साथै बैंकका ग्राहकले सानिमा बैंकको क्रेडिट कार्डमार्फत् १८ महिनाको मासिक किस्ता ( भुक्तानी गर्न सक्नुहुनेछ । सो सम्झौतापत्रमा बैंकको डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठू र आस्ट्रल कम्प्युटर्स नेपाल प्रालिका महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गर्नुभयो ।