एनआईसी एसिया बैंकका ग्राहकलाई वाल क्लाम्बिङमा छुट

0
Shares

काठमाडौं, (नेस)
एनआईसी एसिया बैंक र अस्ट्रिक क्लाम्बिङ वाल प्रालिबीच बैंकका ग्राहक एवम् बैंकका कर्मचारीलाई सो कम्पनीले दिने सेवामा छुट उपलब्ध गराउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको बागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र  कम्पनीका महाप्रबन्धक कमल घले ूले हस्ताक्षर गर्नुभयो ।
उक्त समझदारी अनुसार यस बैंकका ग्राहक ले बैंकको डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ठमेलमा रहेको  कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट हुनेछ । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५० प्रतिशत छुट हुनेछ । उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ ।