क्लासिक टेक र प्रभु टिभीबीच सहकार्य

0
Shares

काठमाडौं, (नेस)
क्लासिक टेक प्रालिले प्रभु टिभीसँग सहकार्य गरी उच्च  गुणस्तरको इन्टरनेट साथै टिभी सेवा, क्लासिक प्रभु टिभीको नाममा बजारमा ल्याएको छ।
यस सहकार्यले लामो समयदेखि गुणस्तरीय इन्टरनेट तथा टिभी सेवा माग गरिरहेको ग्राहकलाई राहत पुग्ने कम्पनीले जनाएको छ।
हाल यो सेवा काठमाडौँ उपत्यका लगायत प्रायः सबैे शहर मा  उपलब्ध गराइएको कम्पनीको भनाइ छ। साथै  कम्पनीले ‘आयो हैँ आयो’ बजारमा अफर ल्याएको  छ।
यस कम्पनीले ३० एमबीपीएस गतिको ‘आयो है आयो’ प्लान  मात्र  ९ सय रुपियाँ प्रतिमहिनाको दरमा वार्षिक ग्राहकलाई उपलब्ध गराउने भएको छ भने टिभीको सुविधा निःशुल्क प्रदान गर्ने भएको छ