दिगो विकासका लागि व्यापार इकाई स्थापना

0
Shares

काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्रमा दिगो विकासका लागि व्यापार इकाईको स्थापना गरिएको छ । दिगो विकासका लागि व्यापार इकाई नाम दिइएको उक्त इकाई स्थापनामा अन्तर्राष्ट्रिय व्यापार केन्द्रले सहयोग गरेको छ ।
इकाईको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र अन्तर्राष्ट्रिय व्यापार केन्द्रका निमित्त कार्यकारी निर्देशक डोरोथी टेम्बोले एक कार्यक्रम बीच शुभारम्भ गर्नुभयो ।
कृषि उद्यम केन्द्रले जेनेभास्थित अन्तराष्ट्रिय व्यापार केन्द्रको सहयोगमा नवस्थापित इकाईमार्फत मुख्यतः नेपालमा कृषि क्षेत्रको विकासमा देखापरेका प्रमुख अवरोधको पहिचानका साथै त्यसको समाधान, वातावरणमैत्री व्यावसायिक रणनीति विकास र अन्तर्राष्ट्रिय बजारसम्म नेपाली उत्पादनको पहुँंच विस्तारमा कार्य गर्नेछ ।
यसका साथै प्रमुख निर्यातयोग्य वस्तु चिया, कफी र औषधिजन्य वनस्पतीको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा इकाईमार्फत काम गरिने छ । यसबाट नेपालको बाह्य व्यापार विस्तार तथा लगानी आकर्षणमा सघाउ पुग्ने विश्वास गरिएको छ ।