बाँस्कोटाको उजुरीको आधार समाचारपत्रको अन्तर्वार्ता

विभिन्न समयमा भएको कुराकानी जोडजाड पारेर टेप बनाएको जिकिर

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबार जिल्ला अदालतमा दर्ता गरेको गाली बेइज्जती मुद्दाको प्रमाणका रूपमा नेपाल समाचारपत्रमा प्रकाशित आफ्नै अन्तर्वार्तालाई प्रस्तुत गर्नुभएको छ।

बाँस्कोटा राज्यमन्त्री रहँदा २०७५ वैशाख २३ गते नेपाल समाचारपत्रमा ‘हो, मान्छे आउँछन्, यति करोड कमिसन आउँछ सही गर्दिनुप¥यो भनेर’ शीर्षकमा अन्तर्वार्ता प्रकाशित भएको थियो। बाँस्कोटाले उजुरीमा पटक–पटक नाजायज कमिसनका लागि दबाब आउने गरेको र अडियो टेप पनि त्यसैमध्येको एक भएको जिकिर गर्नुभएको बुझिएको छ।

‘नेपालका सबै सञ्चारमन्त्रीको ध्यान टेलिकमतिर मात्र हुन्छ भनिन्छ, तपाईंको ध्यान पनि त्यतैतिर हो’ भन्ने प्रश्नको जवाफमा टेलिकममा अनेक खाले कमिसनको प्रस्ताव र दबाब आउने बताउनुभएको थियो।

‘टेलिकममा करोड हैन अर्र्बाैं अर्बका परियोजनाहरू छन्। ती परियोजनामा व्यापक ढिलाइ भएको छ, बेइमानी भएको छ, चुहावट भएको छ। ती सबै कुरातर्फ मेरो ध्यान गएको छ। ती परियोजनाबापत लिने कमिसनमा हामीलाई कुनै रुचि र मोह छैन। कमिसनतर्फ हामी कहीं पनि चुक्दैनौं, फस्दैनौं। यो हाम्रो दृढता हो। यो जीवनमा देखिने कुरा हो। मान्छेहरू आउँछन् यति करोड कमिसन आउँछ उति करोड आउँछ, किन सही नगरेको गर्दिहाल्नुप¥यो भन्दै। हामी भन्छौं, त्यो करोड नेपाल राष्ट्र, जनतालाई आउनुपर्छ। त्यही भएर हामीले भ्रष्टाचारविरुद्ध सशक्त अभियानको पाइला चालेका छौं। त्यसैले गुणस्तरदेखि कुशल व्यवस्थापनसम्म र भ्रष्टाचार निर्मूलदेखि सरल सहज पहुँच पु¥याउने कुराका लागि टेलिकममा मेरो ध्यान केन्द्रित भएको पक्का हो।’ –अन्तर्वार्तामा भन्नुभएको थियो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका बाँस्कोटाले स्विस सेक्युरिटी प्रेस खरिद गर्ने सम्झौताका सिलसिलामा एजेन्ट विजयप्रकाश मिश्रसँग भएको कुराकानीका क्रममा रेकर्ड गरिएको श्रव्य सामग्रीका कारण पदबाट राजीनामा दिनुभएको थियो। मानहानी भयो भन्दै अदालत पुगेका बाँस्कोटाले ७० करोड कमिसन पाए स्विस मेसिन किन्ने आशय प्रकट गरेको श्रव्य रेकर्डमा सुन्न सकिन्छ।

बाँस्कोटाले मिश्रविरुद्ध अनुमति नलिई अडियो रेकर्ड गरेको, गाली गरेको, सञ्चारमाध्यममार्फत बेइज्जत गरेको आरोपमा कारबाही माग गर्नुभएको छ। अनुमति नलिई अडियो रेकर्ड गरेकोमा दुई वर्ष कैद र २० हजार रुपियाँ जरिवाना, गाली गरेकोमा एक वर्ष कैद र १० हजार जरिवाना र सञ्चारमाध्यममार्फत बेइज्जती गरेकामा दुई वर्ष कैद र २० हजार रुपियाँ जरिवाना माग दाबी गर्नुभएको छ।

फिरादको बँुदा नम्बर ७ मा बाँस्कोटाले उल्लेख गर्नुभएको छ– ‘यसै क्रममा सुरक्षण मुद्रणसम्बन्धी जानकारी दिने भन्दै प्रतिवादी विजयप्रकाश मिश्रले मलाई भेट गरेका हुन्। उनले मसंँग भेट गर्न आउँदा आफू केबीए– नोटासिस एसए (स्वीट्जरल्यान्ड) को नेपाल प्रतिनिधि हुँ भनी परिचय दिएका थिए।

तत्कालीन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल सरकार लगानी बोर्डको अध्यक्ष हुनुभएको समयमा मिति २०७३ पुस २४ मा बसेको लगानी बोर्डको २५आंै बैठकबाट निर्णय भई माघ २ मा लगानी बोर्डबाट सुरक्षण मुद्रणको सम्भाव्यता अध्ययन गर्न पत्र प्राप्त भएको व्यक्ति हुँ भनी उनले जानकारी गराएका थिए।

उनले भेट गर्ने क्रममा नाजायज प्रस्ताव राखेपछि नेपाल राज्यविरुद्धमा कुनै कार्य गर्नु मेरो इमान, राजनीतिक नैतिकता तथा मन्त्री हँुदा लिएको शपथविरुद्धमा हुने भएकोले प्रतिवादी तथा निजले प्रतिनिधित्व गरेको कम्पनीको हितमा कुनै कार्य मन्त्रालयबाट गरिएन र गर्न दिइएन। यसरी नाजायज प्रस्ताव गर्ने व्यक्तिहरूप्रति संकेत गर्दै मैले मिति २०७५ वैशाख २३ गतेका दैनिक समाचारपत्रमा दिएको अन्तरवार्तामा ‘हो, मान्छे आउँछन् यति करोड कमिसन आउँछ सही गरिदिनुप¥यो भनेर’ भन्ने उल्लेख गरेको थिएँ। यसरी नै मैले मिति २०७६ पौष २३ गते बुधबारका दिन नेपाल पत्रकार महासंघ भक्तपुरको स्थापना दिवसका दिन ‘म मन्त्री भएदेखि कसले कमिसन दिन आए भन्ने कुराको डायरी लेख्दै छु’ भनी सार्वजनिक रूपमा नै व्यक्त गरेबाट समेत स्पष्ट हुन्छ।’

बाँस्कोटाले फिरादपत्रमा भन्नुभएको छ– ‘कमिसनका लागि पटक–पटक नाजायज दबाब आए पनि मिश्रको प्रस्ताव स्वीकार गरिनँ, कथित अडियो टेपमा कुनै सत्यता छैन। रकम लेनदेन गर्ने हिसाबले कसैसँग मैले कुरा गरेको छैन।’ बाँस्कोटाले विजयप्रकाश मिश्रले झुठा प्रमाण सिर्जना गरी कथित अडियो टेप फागुन ७ गते विद्युतीय तथा सार्वजनिक सञ्चारमाध्यममा प्रसारण गराइ बेइज्जत गर्ने कार्य गरेको बताउनुभएको छ। ‘फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दुरुपयोग गरी बदनाम गराउने उद्देश्यले व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातिलाई होच्याउने काम गरेका छन्’ –बाँस्कोटाले दायर गरेको फिरादमा भनिएको छ।

सार्वजनिक भाषण तथा वक्तव्यमा उल्लेख गरेको अवस्थामाबाहेक कथमकदाचित प्रतिवादीसँंग कुनै कुराकानी भएको, छलफल भएको रहेछ भने पनि त्यसलाई मेरो मञ्जुरीविना यान्त्रिक उपकरणको प्रयोग गरी ध्वनि अंकन गर्नु र त्यसलाई प्रसारण गर्नु–गराउनु मुलुकी अपराध संहिताविपरीत छ’ –बास्कोटाले दायर गरेको फिरादमा भनिएको छ।

‘मलाई फसाउने उद्देश्यले रचिएको प्रपञ्च हो भन्ने कुरा यस सम्बन्धमा मैले लिएको निर्णय र कार्यबाट नै स्पष्ट भइसकेको छ। सरकार–सरकारबीच मात्र खरिद गर्ने विधि अवलम्बन गर्ने मैले निश्चय गरेपछि परराष्ट्र मन्त्रालयमार्फत २२ नोभेम्बर २०१८ मा मित्र राष्ट्र स्वीटजरल्यान्डको दूतावासलाई सुरक्षण मुद्रण पूर्वाधार निर्माणका लागि पत्राचार भएको थियो। दूतावासबाट १९ डिसेम्बर २०१८ मा बैठक बस्ने भनिएको भए तापनि स्वीजरल्यान्ड सरकारबाट सुरक्षण मुद्रण पूर्वाधार स्थापना सम्बन्धमा कुनै जवाफ प्राप्त नभएको हुँदा सो बैठक भएन’ फिरादमा जिकिर छ।