चोरी आरोपमा आफ्नै छिमेकीको छुरा प्रहार गरी हत्या

0
Shares

न्युज अफ नेपाल, पर्सा ।

रनैतहटमा एक व्यक्तिले आफ्नै छिमेकीको छुरा प्रहार परी हत्या गरेका छन् ।

पानी तान्‍ने मोटर चोरी भएको विषयमा विवाद हुँदा कटहरिया नगरपालिका २ जमुनिया बस्ने २५ वर्षीय मुस्ताक आलमले आफनै २० वर्षीय छिमेकी अब्दुल खैरको पेटमा छुरा प्रहार गरि हत्या गरेका हुन। मृतक खैरको दुई दिन अघि पानी तान्ने मोटर चोरी भएको थियो । खैरले आफ्नो मोटर आलमले चोरी गरेको आरोप लगाएका थिए ।

आफूमाथि झुटो आरोप लगाएको भन्दै आलमले शुक्रवार राती खैरलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहार गरी फरार भएका आलमलाई गुजरा नगरपालिका(६ खतवहिया गाँउबाट शुक्रबार राति ११ बजे पक्राउ गरिएको प्रहरीले बताएको छ ।

मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौरमा पठाइएको छ । पक्राउ परेका आलममाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।