देशभर धुलो

0
Shares

सेन्टी भाइरस र आमाले दर्शक तानिरहेको फिल्मी बजारमा आज शुक्रबारबाट देशभर धुलो नामक फिल्मले सिंगल रिलिज पाएको छ।
रिक्सा चालकको कथाव्यथामा आधारित फिल्म धुलो प्रद्युम्न मिश्रको निर्देशनमा बनेको हो।
दीपा धरेलको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायत प्रमुख भूमिकामा छन् भने नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिकामा छन्।
लक्ष्मी गौतम र नानीराम फुयाँलद्वारा निर्मित फिल्ममा केशब मिश्र र दीपक समिरको गीत, शंकर थापा र जुगल डंगोलको संगीत तथा रबिन आचार्यको छायांकन रहेको छ।