टेक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा एकको मृत्यु

0
Shares

घनश्याम बगाले, नवलपरासी ।

पूर्वी नवपरासीमा विहिबार राती भएको सडक दूर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएकाछन् ।

जिल्ला प्रहरी कार्यलय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार मृत्यु हुनेमा गैडाकोट १५ निवासी मोटरसाईकल चालक २१ वर्पीय युवक दिनेश गुरुड.ग रहेकाछन ।

दूर्घटना पश्चात उपचारार्थ अस्पताल पुर्याइएका घाईते मध्ये दिनेशलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

दलदले धोवादी सडक खण्डमा उत्तर तर्फ जादै गरेको लु ३ त ४८३३ नम्वरको टेक्टर र विपरित दिशाबाट आउदै गरेको ना ५५ प ३१६४ नम्वरको मोटरसाईकल देवचुली १३ कैलाशचोक नजिक एक आपसमा ठोक्किदा सो दूर्घटना भएको हो ।

मोटरसाईकल पछाडि बसेका अर्का युवा सोही ठाउ निवासी १९ वर्षीय प्रितम गुरुड.ग घाईते भएकाले उनको हाल पुरानो मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ ।

प्रहरीले टेक्कर र टेक्टर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी नायव उपरिक्षक मोहन बहादुर खांडले बताउनु भयो ।