एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’


एनसेल प्रालिले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ। यो अफरअन्तर्गत ग्राहकले सय र यस भन्दा माथिको प्रत्येक रिचार्जवापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदा लिन सक्नेछन्।
यो अफर फागुन १५ गतेदेखि लागू हुनेछ। अफरअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रतिमिनेट (करसहित १ दशमलव २६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन्।
भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागू हुनेछ। यस अफरबाट फाइदा लिनका लागि ग्राहकले एस्टिक्«स १७१०६ ह्यास् डायल गरी आफूलाई अफरमा निःशुल्क रुपमा सहभागी गराउन सक्छन्।
यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसिमा रहेका छुटबाट लाभ लिन सक्नेछन्। ग्राहकले सय रिचार्ज गर्दछन् भने ९९ पैसा प्रतिमिनेट छुटको लाभ ७ दिनका लागि पाउनेछन्।
२ सय, ३ सय र ५ सय रिचार्ज गर्ने ग्राहकले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन्। हजार रिचार्ज गर्नेले छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन्।