५ जुवाडे समातिए

0
Shares

काठमाडौं, (नेस)
चन्द्रागिरि नगरपालिका–४ खरिबोटबाट सिम्रिक मोटरपार्टस् पसलमा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन्।
पसल सञ्चालक विजयप्रकाश श्रेष्ठसहित ५ जनालाई नगद ७९ हजार ९ सय ८० रुपियाँसहित प्रहरीले पक्राउ गरेको छ।
उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।