रूपन्देहीको सानदार जित

0
Shares

गणेश घिमिरे, इलाम ।
इन्ज्युरी समयमा शक्ति राईले व्यक्तिगत दुई गोल गर्दा गोर्खा ब्वाइज रूपन्देहीले इलाममा बिहीबारबाट शुरू भएको माइभ्याली गोल्डकपमा सानदार सुखद शुरुआत गरेको छ।
रूपन्देहीले पाहुना टिम भारतको कोहिमा इगल फुटबल क्लब नागाल्यान्डलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा केही दबाब बनाए पनि दोस्रो हाफमा रूपन्देहीले खेलमा सुधार ल्याएर नागाल्यान्डलाई दबाबमा राखेको थियो।
६१औं मिनेटमा नीरबहादुर आलेको क्रस पासमा नाइजेरियन खेलाडी हामजातले डिबक्सभित्रबाट हेडर गोल गर्दै अग्रता बनाएका थिए। ७७औं मिनेटमा फोफोनाले पेनल्टी डिबक्सभित्र गोलरक्षक बिट भइसकेको अवस्थामा प्रहार गरेको बलले जाली चुमाएपछि रूपन्देहीलाई जित नजिक पु¥याएका थिए।
दोस्रो हाफमा पूरै दबाबमा परेको नागाल्यान्डले खेलको इन्ज्युरी समयमा थप दुई गोल खान पुगेको हो। ९३औं मिनेटमा वान भर्सेस वानको अवस्थामा शक्तिले गोल गरे भने अर्को गोल पुनः एक मिनेट बित्न नपाउँदै ९४औं मिनेटमा फोफोनाको पासमा गरे।