सिद्धार्थ बनस्थली र एलए फाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सिद्धार्थ बनस्थली र लिटिल एन्जल्स (एलए) दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्। सिद्धार्थ बनस्थलीले आयोजक लोयल्टी एकेडेमी ‘बी’ लाई ३–२ गोलले पराजित ग¥यो।
विजेताका अनमोल क्षेत्रीले २ तथा जेनिश रेग्मीले १ गोल गरे। लोयल्टीबाट ‘म्यान अफ द म्याच’ रोहन केसीले दुवै गोल गरे। अर्को सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन एलएले टाइमलाइनलाई ११–१ को फराकिलो गोलअन्तरले हरायो।
एलएका प्रसुन तुलाधरले ५, दिवस मगर र ऋदक खरेलले २–२ तथा आयुश ऐर र भिगुल पोखरेलले १–१ गोल गरे।