बीमा कम्पनीमा अब जोखिममा आधारित निरीक्षण हुने

0
Shares

काठमाडौं, (नेस)
बीमा कम्पनीहरूमा अब जोखिममा आधारित निरीक्षण (रिस्क बेस सुपरिभिज) हुने भएको छ। यसअघि कम्प्लाइन्स बेस सुपरिभिजन हुँदै आएको थियो। नियमक बीमा समितिले बिहीबार ‘जोखिम व्यवस्थापन निर्देशिका–२०७६’ लागू गरेसँगै बीमा कम्पनीहरूमा जोखिमम आधारित सुपरिभिजन हुने भएको छ।
समितिले बीमा कम्पनीमा हुने जोखिमको पहिचान र त्यसको व्यवस्थापनको लागि सो निर्देशिका जारी गरेको हो। अबदेखि छुट्टै समिति गठन गरेर जोखिमको पहिचान र त्यसको मूल्यांकन अर्थात रेटिङ गरी समितिले त्यसको नियमन गर्नेछ।निर्देशिकाअनुसार बीमा समितिले बीमा कम्पनीको कर्जाको जोखिम, तरलताको जोखिम, बजारका सम्भावित जोखिम र सञ्चालन जोखिम पहिचान गरी त्यसलाई ५ तहमा वर्गीकरण गर्नेछ।
कम्पनीहरूले कुनै पनि जोखिम नदेखिएका कम्पनीलाई शून्य अंक र ग्रिन कार्ड दिइनेछ । सामान्य जोखिम भएका कम्पनीलाई १ अंक र लाइट ग्रिन कार्ड, मध्यम खालको जोखिम भएका कम्पनीलाई २ अंक र एल्लो कार्ड प्रदान गरिने छ।
उच्च जोखिम भएका कम्पनीलाई ३ अंक ओरेन्ज कार्ड र अत्याधिक जोखिम देखिएका कम्पनीलाई ४ अंक र रेड कार्ड दिएर रेटिङ हुने र सोहीअनुसारको जोखिम व्यवस्थापनका प्रक्रियामा जानुपर्ने निर्देशिकामा उल्लेख छ।