पारस अग्नि ग्रुपको ब्रान्ड एम्बेसडरमा नियुक्त

0
Shares

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई नेपालका लागि महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।
खड्कालाई ब्रान्ड एम्बेसडर घोषणा गर्न अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले सहकार्यको घोषणा गर्दै ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड विजेता गाडी एक्सयूभी ३०० खड्कालाई हस्तान्तरण गर्नुभएको हो।
अलराउन्डर क्रिकेटर खड्का, राइटह्यान्डेड ब्याट्सम्यान, राइटआर्म मिडियम फास्ट बलर तथा अफ बेक बलर हुनुहुन्छ। अग्नि ग्रुपद्वारा आफूलाई अग्नि इन्कर्पोरेटेडको ब्रान्ड एम्बेसडर घोषणा गरिएकोमा क्रिकेटर खड्काले खुशी प्रकट गर्नुभयो।
‘अग्नि ग्रुपसँग मेरो सदैव असल सम्बन्ध रहेको छ, म यो ग्रुपको डिस्ट्रिब्युटरसीप रहेको मोटरसाइकलको यसअघि नै ब्रान्ड प्रवद्र्धक रहिसकेको छु’ खड्काले भन्नुभयो–‘अग्नि ग्रुपसँगको मेरो सम्बन्ध २०६३/६४ साल (सन् २००६–७) देखिकै हो, त्यसयता लामो समयदेखि मेरो अग्नि ग्रुपसँग सुमधुर सम्बन्ध रहँदै आएको छ।
हामीले आफ्नो सम्बन्धमा पूर्णव्यवासयिक र व्यक्तिगत सन्तुलन कायम राख्दै आएका छौं। यो सहकार्यबाट म निकै हर्षित छु,।’ यसअघि अग्नि ग्रुपले पूर्व मिस नेपाल शृङ्खला खतिवडालाई तीन वर्षको लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको थियो भने पारस खड्कालाई दुई वर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गरेको छ।