रावा बैंकद्वारा ५० लाख सहयोग

0
Shares

काठमाडौं, (नेस) ।
राष्ट्रिय वाणिज्य बैंकले काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपियाँ आर्थिक सहयोग गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रुपियाँको चेक किओचका संस्थापक अध्यक्ष कोइरालालाई हस्तान्तरण गर्नुभयो।
सो अवसरमा किओचका संस्थापक अध्यक्ष कोइरालाले हाल मुलुकभर करिब १ करोड २० लाख बालबालिका भएको र स्वास्थ्य उपचारको अवस्था कमजोर रहेकोमा बैंकको सीएसआरको पैसा बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुनु पूण्य कार्य भएको र यस्ता सहयोगले अधुरा परियोजना सञ्चालनमा ल्याउन सघाउ पुग्ने बताउनुभयो।
बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले राज्यको पहँुच नपुगेको ठाउंँमा रावा बैंकले सीएसआरमार्फत सेवा दिइरहेको बताउनुभयो। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद लगायतको क्षेत्रमा बैंकले सीएसआरमार्फत सहयोग गरिरहेको बताउनुभयो।