सुनको मूल्य बढ्यो

0
Shares

काठमाडौं, (नेस)
नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार छापावाल सुन प्रतितोला ७९ हजार ७ सय रुपियाँमा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबारको तुलनामा बिहीबार सुनको मूल्यमा २ सय रुपियाँको वृद्धि भएको छ। बुधबार छापावाल सुन प्रतितोला ७९ हजार ५ सय रुपियाँमा कारोबार भएको थियो। बिहीबार तेजावी सुन प्रतितोला ७९ हजार ४ सय रुपियाँमा कारोबार भएकोे छ।
महासंघका अनुसार चाँदीको मूल्य भने बिहीबार ५ रुपियाँले घटेको छ। चाँदी बिहीबार ९ सय रुपियाँमा कारोबार भएकोे छ। बुधबार चाँदी ९ सय ५ रुपियाँमा कारोबार भएको थियो।