मलेसियामा प्रधानमन्त्री चयनका लागि सुल्तानको नयाँ पहल

0
Shares

क्वालालम्पुर, (एजेन्सी)
विश्वकै सबैभन्दा वृद्ध प्रधानमन्त्री ९१ वर्षका महाथिर मोहम्मदको राजीनामापछि मलेसियामा नयाँ प्रधानमन्त्रीको नियुक्ती प्रक्रिया शुरु भएको छ। तर प्रधानमन्त्री पदका लागि अहिलेसम्म कसैको नाममा सहमति हुन सकेको छैन।
कसैको नाम नआएपछि शाही दरबारले राजा व्यक्तिगत रूपमा सबै सांसदसँग छलफल गर्ने जनाएको थियो ।मंगलबार ९० सांसदसँग छलफल गरेको थियो। मलेसियाको इतिहासमा राजाबाट यस प्रकारको कदम चालेको पहिलो घटना हो।
किंग सुल्तान अब्दुला २ सय २२ सिट रहेको सदनमा बहुमत हासिल गरेका महाथिर मोहम्मदलाई छोडेर बाँकी २ सय २१ सांसदसँग वार्ता गरिरहेको छ।
सोमबार प्रधानमन्त्रीका रूपमा महाथिर मोहम्मदले आकश्मिक रूपमा राजीनामा दिएपछि राजनीति तातेको हो। महाथिरले संदिग्ध आरोपमा कयौं वर्ष जेलमा रहेका पूर्वविपक्षी नेता अनवर इब्राहिमलाई प्रधानमन्त्रीका लागि अगाडि सारेका थिए।
तर पार्टीको अर्को खेमाले यसको विरोध गर्दै अर्को उम्मेदवार दातुक सेरी अजमिन अलीको नाम अगाडि सारेपछि विवाद आएको हो। अजमिन विपक्षी पार्टीमा समावेस हुँदै गठबन्धनका लागि बाँकी सांसदहरुसँग वार्ता शुरु गरिरहेका छन्। सुल्तान अब्दुल्लाले महाथिरको राजीनामा स्वीकार गरिसकेको छ तर नयाँ प्रधानमन्त्री तय नभएसम्मका लागि उनलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेको छ।