मन्दिर नबनाउने अध्यक्षविरुद्ध मुद्दा

0
Shares

काठमाडौं, (नेस)

कन्चनपुर जिल्लाको भीमदत्त नगरपालिकास्थित विष्णुधाम मन्दिरमा खुड्किला बनाउने जिम्मा लिएको रकम लामो समयसम्म पनि कार्य नगरी भ्रष्टाचार गरेको आरोपमा सम्बन्धित उपभोक्ता समितिका अध्यक्षविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले समितिका अध्यक्ष कर्णबहादुर विष्टविरुद्ध ४ लाख ५० हजार रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको जानकारी दिनुभयो। झन्डै १० वर्ष अघि समितिका अध्यक्ष विष्टले खुड्किला बनाउने भन्दै भीमदत्त नगरपालिकाबाट ४ लाख ५० हजार रुपियाँ लिनुभएको आरोप लगाइएको छ।

मन्दिरमा खुड्किला नबनाई सरकारलाई हानि नोक्सानी पु¥याउने र आफूलाई गैरकानुनी लाभ लिने नियत देखिएको उल्लेख गर्दै अख्तियारले समितिका अध्यक्ष विष्टविरुद्ध मुद्दा दायर गरेको बताइएको छ।

यसैगरी, अख्तियारले दैलेख जिल्लाको नौमुले गाउँपालिकामा रहेको भैरव माविका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंहलाई घूस लिएको आरोपमा बिहीबार अख्तियारले रंगेहात पक्राउ गरेको छ। अख्तियारले ३० हजार रुपियाँ घूस लिएको आरोप लगाई सिंहलाई पक्राउ गरेको हो।