नेकपा पोखरीको पानी होइन

0
Shares

काठमाडौं, (नेस)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा दुई लाइन संघर्ष हुनु सामान्य भएको बताउनुभएको छ।
नेकपाद्वारा आयोजित बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो।

विवादरहित भएको दिन पार्टी नै नरहने बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘नेकपा पोखरीको पानी होइन, जीवन्त पार्टीमा छलफल र बहस चलिरहन्छ।’

नेतृत्वमा गम्भीर खालको कुनै विवाद नभएको दाबी गर्दै उहाँले थप्नुभयो– ‘पार्टीलाई कुनै हालतमा विघटन र विभाजित हुन दिइनेछैन।’
नेकपा बाग्मती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू एउटै मञ्चमा जम्मा हुनुभएको थियो।