जोरायल सडक मेरै पालामा कालोपत्र हुन्छ : संघीय सांसद आलेमगर

0
Shares

विमल विष्ट,डोटी।

प्रतिनिधी सभा सदस्य तथा डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आलेमगरले डोटीको बुडरदेखि जोरायल सम्म जोड्ने सडक आफै कार्यकालमा कालोपत्र गरेर छोड्नु बताउनुभएको छ ।

जिल्लाको जोरायल गाउँपालिका वडा नं ४ सिलिङबागमा आज आयोजना गरिएको अल्याडी, शिखरसेला तथा बाटुलीताल सडक उद्घाटन कार्यक्रमका प्रमुख असिथती समेत रहनु भएका संघीय सांसद आलेमगरले जोरायल सडकक कालोपत्रका लागि आफु अहोरात्र खटिएको र कालोपत्रका लागि बजेट बिनियोजन गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जोरायल सडक म कालोपत्र गरेरै देखाउछु, सडक कालोपत्र भए यहाँका नागरिकका दुःखका दिन अन्त हुने छन् ।”सोही कार्यक्रममा बोल्नु हुँदै सांसद आलेमगरले जनताको विकासका लागि आएको बजेटमा कुनै भ्रष्टाचार हुन नदिने तथा भ्रष्टाचार गरेको पाइए कानुनी कार्वाहिका लागि पहल गर्ने बताउनुभयो ।

उहाँले थप भन्नुभयो, “म भ्रष्टाचार पनि गर्दिन र भ्रष्टाचार गर्नेलाइ पानी मुनी गएपनि छोड्दिन ।” त्यसैगरी संघीय सांसद आलेमगरले हाम्रो पार्टी नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रधानमन्त्री केपीशर्मा ओली र पाटीले पनि भ्रष्टाचार गर्ने जोकोहीलाइ पनि कार्वाहि गर्ने दृढ संङ्कल्प लिनु भएकाले नेकपामा भ्रष्टको स्थान नभएको बताउनुभयो ।

कैलालीको धनगढीदेखि बझाङको ताक्लाकोट उरै जोड्ने सडक निर्माणका लागि पहल भैरहेको र उक्त सडकपनि आफनै कार्यकालमा सुचारु गरिने सांसद आलेमगरले दाबी गर्नु भयो ।सोही कार्यक्रममा बोल्नु हुँदै संम्बिधान सभा सदस्य तथा पूर्व सांसद गौरी ओलीले डोटेली जनताको विकासका लागि नेकपाका केन्द्र तथा जिल्ला स्तरका सिंङ्गो नेताहरु लागि परेकाले अव छिट्टै डोटीले विकासको काचुली फेर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “डोटीको विकासका लागि सिंङ्गो पार्टी लागिपरेको छ, अहिले विकास नभए कहिले होला ।” उक्त कार्यक्रममा नेकपाका डोटी जिल्ला पार्टी सचिब जंङ्ग बिकले जिल्लामा रहेका धार्मिक, पर्यटकियस्थल तथा लोकसंस्कृतीहरुको जर्गेना गर्न जरुरी भएको बताउनुभयो ।

उक्त कार्यक्रममा जोरायल गउँपालिकाका उपाध्यक्ष जमुना बोहराले केन्द्रिय तथा जिल्ला तहका नेताहरुका कारण जोरायल लगायत समग्र डोटीको विकासमा ठूलो योगदानमा सहयोग भैरहेको बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्रिय लोक दोहरी प्रतिष्ठान्नका केन्द्रिय निर्वतमान अध्यक्ष बद्री पंगेनी, नेपाल राष्ट्रिय लोक दोहरी प्रतिष्ठान्नका केन्द्रिय सदस्य अञ्जली अधिकारीले आफना प्रस्तुतीहरु प्रस्तुत गर्नु भएको थियो । उहाँहरुका उत्कृष्ठ गित तथा नृत्यहरुले दर्शकहरु निकै आर्कसित भएका थिए ।