सरिफ भगौडा घोषित

0
Shares

इस्लामाबाद, (एजेन्सी)
लन्डनमा उपचार गराइरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई इमरान खान सरकारले भगौडा घोषित गरेका छन्। सरिफको जमानत अवधि नबढाउने फैसला पन्जाब सरकारले मंगलबार लिएको हो। सरकारले उनीमाथि जमानतको सर्त तोडेको आरोप लगाइएको छ।
प्रधानमन्त्री इमरान खानको अधयक्षतामा भएको क्याबिनेट बैठकमा उक्त फैसला लिइएको हो। नवाज सरिफले लन्डनको कुनै पनि अस्पतालको मेडिकल रिपोर्ट नबुझाएको इमरानका सल्लाहकार फिदौस आशिक अवानले जानकारी दिए। मेडिकल बोर्डले नवाजको मेडिकल रिपार्टलाई खारेज गरेको थियो।