कलेजो बचाउने मेसिन

0
Shares

लन्डन, (एजेन्सी)
अनुसन्धानकर्ताहरूले चोट लागेको मानव कलेजोको उपचार गर्ने एक नयाँमेसिनको विकास गरेका छन्। उक्त मेसिनको प्रयोगबाट एक हप्तासम्म शरीरबाहिर कलेजोलाई जीवित राख्न सक्ने बताइएको छ। स्वीजरल्यान्डको इटीएच ज्युरिखसहित अनुसन्धानकर्ताका अनुसार चोट लागेको कलेजो नयाँप्रविधिको सहयोगबाट कैयौं दिनसमम पूर्ण रूपमा काम गर्न सक्ने बताएका छन्। त्यसमा कलेजो बिरामी वा क्यान्सरबाट पीडित बिरामीको ज्यान बचाउने क्षमता पनि छ। उक्त मेसिनले कलेजोको कामको नक्कल गर्न सक्ने नेचर बायोटेक्नोलोजीमा छापिएको सोधमा उल्लेख गरिएको छ।