न्युज अफ नेपाल,काठमाडौं ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाकार आर्थिक सल्लाहकार अमृतकुमार घलेले बन्धक बनाएर एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेका छन्।
सल्लाहकार घलेलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको छ । सिन्धुली घर भएकी एक किशोरीलाई बलात्कार गरेको उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।
५२ वर्षीय घलेले काठमाडौामा रहेको आफ्नै कोठामा किशोरीलाई चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घलेले किशोरीलाई अमेरिका पठाईदिने प्रलोभनमा पारेर कोठामा बन्धक बनाई लगातार बलात्कार गरेको खुल्न आएको छ ।
घलेलाई फागुन १ गते पक्राउ गरी अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।काठमाडौंमा आफ्नी दिदीसँग बस्दै आएकी किशोरी कक्षा १२ मा अध्ययनरत थिइन् ।
पढाइको बिदामा आफ्नो घर सिन्धुली गएकी ती किशोरीलाई घलेले काठमाडौं फर्कने बेला बनेपाबाट आफ्नो मोटरसाइकलमा काठमाडौं ल्याएको प्रहरीको भनाई छ । घलेले टोखास्थित आफ्नो फ्ल्याटमा बन्धक बनाई किशोरीलाई बलात्कार गरेका थिए ।
प्रतिक्रिया