आर्मीलाई उपाधि

0
Shares

घनश्याम बगाले, नवलपरासी ।
पूर्वी नवलपरासीमा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको उपाधि आर्मी क्लबले उचालेको छ।
स्थानीय मध्यबिन्दु २ कोल्हुवा राइनो ग्राउन्डमा बुधबार भएको फाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै उपाधि चुमेको हो। सुदिल राईले खेलको छैटौं मिनेटमा गोल गरेका थिए। सो गोल नै निर्णायक हुँदा आर्मीले उपाधि जित्न सफल भयो।
प्रतियोगितामा फेयर प्ले अवार्ड हिमालयन सेर्पाले हासिल गर्दा पुलिसका बुद्धवल तामाङ सर्वाधिक गोलकर्ता चुनिए। उनले प्रतियोगितामा सर्वाधिक ५ गोल गरेका थिए। अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले राइनो कप आफँैमा गैंडा संरक्षणको नमुना भएकोले यसलाई अन्तर्राष्टिय खेलका रूपमा माथि उठाउन एफसी एसिया अवार्डका लागि सिफारिस गर्न पहल गर्ने बताए।
अघिल्लो वर्ष ५ लाख रुपियाँराशिको यो प्रतियोगितालाई संरक्षक नन्दभाउजू उपभोक्ता समिति र आयोजक राइनो क्लबले यस वर्ष १० लाख राशिको बनाएको थियो।