चालू आवमा जीवन बीमा कम्पनीहरूद्वारा ५४ अर्ब आर्जन


नेपाल समाचारपत्र, काठमाडौं ।
सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको सात महिनासम्ममा ५४ अर्ब ३ करोड रुपियाँबीमा शुल्क आर्जन गरेका छन्। बीमा समितिका अनुसार सात महिनाको अवधिमा जीवन बीमा कम्पनीले ५४ अर्ब ३ करोड रुपियाँबीमा शुल्क आर्जन गरेका हुन्।
यी कम्पनीहरूले माघ महिनासम्ममा १७ अर्ब ९० करोड रुपियाँबीमाशुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ। यस्तै, जीवन बीमा कम्पनीहरूले नवीकरण बीमा शुल्कमार्फत् ३५ अर्ब १६ करोड रुपियाँर वैदेशिक रोजगार बीमा शुल्कमार्फत् १ अर्ब ४४ करोड रुपियाँआर्जन गरेका छन्।
समितिका अनुसार ७४ लाख ७८ हजार ८ सय ८४ वटा वटा बीमालेख जारी भएकामध्ये ६६ लाख २५ हजार ८ सय ४७ वटा जीवन बीमालेख र वैदेशिक रोजगार
बीमालेखमार्फत ८ लाख ५३ हजार ३७ वटा जीवन बीमालेख जारी भएका छन्।
बीमा समितिका अनुसार नेपाल लाइफ इन्स्योरेन्सले १६ अर्ब ११ करोड रुपियाँआर्जन गरेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसनले ८ अर्ब ८४ करोड, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब १८ करोड, नेसनल लाइफले ४ अर्ब ६० करोड, एसियन लाइफ इन्स्योरेन्सले २ अर्ब ६५ करोड, युनियन लाइफले २ अर्ब ८८ करोड, सूर्या लाइफ १ अर्ब ९१ करोड र मेट लाइफले १ अर्ब ७२ करोड रुपियाँबीमाशुल्क आर्जन गरेका छन्।
त्यस्तै प्राइम लाइफले १ अर्ब ६९ करोड, गुराँस लाइफले १ अर्ब ११ करोड, रिलायबल लाइफले १ अर्ब २६ करोड, सिटिजन लाइफले ९६ करोड, ज्योति लाइफले ८९ करोड, रिलायन्स लाइफले ७१ करोड, आइएमई लाइफले ६९ करोड, सन् नेपाल लाइफले ६७ करोड, सानिमा लाइफले ४८ करोड, प्रभु लाइफले ३८ करोड, महालक्ष्मी लाइफले इन्स्योरेन्स ३० करोड रुपियाँबीमाशुल्क आर्जन गरेका छन्।