सुदूरपश्चिममा भूकम्पको धक्का

0
Shares

विनोद सिंह विष्ट,बैतडी।

सुदूरपहाडमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधवार साँझ ७ बजेर ४८ मिनेटमा गएको भूकम्पको धक्का दार्चुला र बैतडीमा महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार भारतको उत्तराखण्ड प्रदेशको धार्चुला केन्द्र भएर ३ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको क्षतीबारे कुनै बिवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।