प्रधानमन्त्री ओलीले भने वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्दिनँ

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यका लागि वामदेव गौतमलाई सिफारिस नगर्ने बताएका छन् ।

पाटी सचिवालयको बुधबारको बैठकमा गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजान अनुराध गर्ने निर्णय गरेको थियो । बैठकको निर्णय लगत्तै आफ्ना विरुद्ध खेल भएको भन्दै ओलीले उक्त निर्णय नमान्ने बताएका हुन्।

राष्ट्रियसभा सदस्य मन्त्रिपरिषद्को‍ सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । सचिवालयका केही नेताहरुलाई प्रधानमन्त्री ओलीले वामदेवलाई राष्ट्रियसभामा सिफारिस नगर्ने चेतावनी दिएर फोन गरेको बताईएको छ । यसैबीच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने वामदेव गौतमको विषयमा सचिवालय बैठकमा सर्वसम्मत भएकाले प्रधानमन्त्रीले उल्ट्याउन नमिल्ने दाबी गरे।