रक्षा सम्झौताको विरोध

0
Shares

वासिंगटन, (एजेन्सी)
अमेरिकाका डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवारका प्रबल दावेदार तथा अमेरिकी सिनेटर बर्नी सेन्डर्सले अमेरिका र भारतको साझेदारी जलवायु परिवर्तनसँगको लडाईका लागि हुनु पर्ने बताउँदै अर्बौं डलरको हतियार विक्रीको सम्झौताको विरोध गरेको छ।
ट्रम्पको रक्षा सम्झौताको विरोध गर्दै एक ट्विटमा सेन्डर्सले भारतलाई ३ अर्ब डलरको हतियार बेचेर ट्रम्पले डिफेन्स कम्पनी रडियन, बोइंग र लकहिडलाई धनी बनाइरहेको आरोप लगाए। भारतसँग वायु प्रदुषणमा कमी ल्याउने, प्राकृतिक उर्जा तथा पृथ्वी बचाउनका लागि काम गर्न सक्ने सेन्डर्सले उल्लेख गरेका छन्।