हुन्डाईको नयाँ आयोनिक इलेक्ट्रिक गाडी नेपाली बजारमा


लक्ष्मी इन्टरनेशनल प्रालि हुन्डाईको नेपालका लागि आधिकारिक डिलरले आफ्नो नयाँ इलेक्ट्रिक कारको आयोनिक २०२० लन्च गरेको छ। यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ आएको कम्पनीको दाबी छ। यो नयाँ इलेक्ट्रिक प्रिमियम सेडानले इलेक्ट्रिक गाडीको जगतमै नयाँ आयाम रच्ने कम्पनीको भनाइ छ।
यसको अत्याधुनिक प्रविधिले राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउँछ।यसमा सय किलोवाट ब्याट्री पावर छ र यसको अधिकतम स्पिड १६५ किलोमिटर प्रतिघण्टा छ। यसको ड्राइभिङ रेन्ज ३११ किलोमिटर छ। यो पूर्ण इलेक्ट्रिक मोबिलिटीले पार्ट हल्लिन कम गर्ने भएकाले गाडी कुनै आवाज बीना आरामले गुड्छ।
प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङमा चार लेबलको नियन्त्र प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्छ। त्यस्तै हेडल्याम्पस, स्मार्ट इलेक्ट्रिक सनरुफ र नयाँ आइकोनिक ग्रील छ। यसमा विभिन्न आरामदायी र सहुलियतका विशेषता छन्, जस्तै कि ८ इन्चको फ्लोटिङ टच स्क्रिन, हिटेड र भेन्टिलेटेड सिटहरू, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जर इत्यादि।
यस्तै यी गाडीहरू ७–एयर ब्याग सिस्टम, हिल एसिस्ट कन्ट्रोल, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ क्यामेरा र सेन्सर जस्ता सुरक्षावद्र्धक विशेषताले भरिपूर्ण छ।