बीओके स्मार्टको टपअपमा २५ प्रतिशत नगद फिर्ता


बैंक अफ काठमाण्डूले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा बीओके स्मार्टमार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोस्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकले कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ।
ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि बीओके स्मार्टबाट गरिने पहिलो कारोबारअन्तर्गत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ। बैंकले ‘अब पाउनुहोस्, मोबाइल भुक्तानी मै आम्दानी’ भन्ने नाराका साथ सार्वजनिक गरेको उक्त योजना सीमित अवधिको लागि मात्र भएको बैंकले जनाएको छ।