सडकबाट उठाइएका ७३ जना राजधानीवासी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौंको विभिन्न सडकबाट उद्धार गरिएकामध्ये ७३ जना काठमाडौंवासी रहेको पाइएको छ। सडकलाई बेसहारा, अभिभावनविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त बनाउने अभियान शुरू गरेयता हालसम्म उद्धार गरिएकामध्ये केहीलाई छिमेकी नगरपालिकाबाट समेत उद्धार गरिएको छ।
मानव सेवा आश्रमको सहयोगमा करिब अढाई महिना अघिदेखि राजधानीका शहरबाट मानव उद्धार गर्न थालिएको थियो।
आश्रमका अध्यक्ष रामजी अधिकारीले मंसिर २९ गते शुरू भएको अभियानमा हालसम्म ७ सय ४९ जनालाई उद्धार गरिएको बताउनुभयो। यीमध्ये ६ सय ९६ काठमाडौं महानगर क्षेत्रभित्रबाट र ५३ जनालाई अन्य नगरबाट उद्धार गरिएको हो। उहाँका अनुसार उद्धार भएकामध्ये ४१ जनालाई आफ्नो स्थायी ठेगाना पत्ता लाग्न सकेको छैन।
५ सय ८८ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ। ४५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। तथ्यांक प्रस्तुत गर्दै अधिकारीले भन्नुभयो– ‘७० जनाको स्क्रिनिङ हुन बाँकी छ। ५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ। उद्धार गरिएकामध्ये ७ जनाको भने मृत्यु भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।’
सडकलाई सडक आश्रित मानवमुक्त बनाउन गठित मूल समारोह समितिले शुरू गरेको अभियानअन्तर्गत उद्धार गरिएका व्यक्तिको अवस्था हेरिकन स्क्रिनिङ सेन्टरमा कम्तीमा ५ देखि  बढीमा ७० दिनसम्म राख्ने गरिएको छ। यसरी सडकबाट उठाइएका व्यक्तिहरूमा १६ वर्षमाथि ४० र वर्षभन्दा मुनिका पुरुष र महिला दुवै उमेर समूहका व्यक्ति बढी छन्। तीमध्ये पनि रक्सी र लागूऔषधको प्रयोगकर्ता पनि रहेका छन्।
मूल समितिको बैठकमा कामपाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंमा मागेर गुजारा चलाउनेलाई व्यवस्थापन गर्ने महानगरको अभियानलाई थप व्यवस्थित गर्र्ने बताउनुभयो।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मानव अधिकारका पक्षमा काम गर्ने संघ÷संस्थाका प्रतिनिधिको टोलीले सडकमा मानवरहित अभियान शुरू गरेको थियो।
कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अभियानको दिगोपनाका ख्याल पु¥याउनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो– ‘सडकमा बस्दा खान र लगाउन पाइन्छ भनेर बाहिरबाट समेत मान्छे आउने खतरा छ।’ यो खतराको पूर्वानुमान गरेर आगामी कार्यक्रम तय गर्नुपर्ने उहँँको भनाइ थियो।
प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले मन्दिरबाहिर बस्नेलाई व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो। समितिका सदस्य सचिव एवं सहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरले सडकमा बेसहाराभन्दा मादकपदार्थ र लागूऔषध दुव्र्यसन गर्ने व्यक्ति धेरै रहेको उल्लेख गर्नुभयो।
सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठले गाडी रोकिएका बेला माग्न आउनेलाई नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीको कार्यक्षेत्रसँग सम्बन्धित काममा आफूले सहयोग पु¥याउन सक्ने धारणा राख्नुभयो। शान्ति सुरक्षासँग सम्बन्धित काममा हामी साथमै छौं, बैठकमा महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर र महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेश चन्दले प्रहरी सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभयो।